काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ ।
मंगलबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार चाँदीको मूल्य यथावत रहेको छ । मंगलबार तोलामा ७१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोहि मूल्यमा कारोबार भएको हो ।