काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राहात वितरण गर्ने भएको छ । महासंघले भोलिदेखि राहत वितरण गर्न लागेको हो ।
महासंघले चामल, दाललगायत खाद्यान्न र मास्कसहितको मेडिकल उपकरण बाँड्न लागेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।
महासंघले प्रत्येक श्रमिकलाई ५ किलो चामल र १ किलो दालको दरले वितरण गर्नेगरी सामान प्याकेटिङ गरिरहेको छ ।
भोलिदेखि ठाउँ हेरेर पकेट–पकेटमा त्यस्तो राहत सामाग्री वितरण गर्ने योजना बनाएको राणाले जानकारी दिइन् ।
उनले सरकारसँगको समन्वयमा यस्तो राहत सामाग्री वितरण हुन लागेको बताइन् ।
महासंघले सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ५० लाख सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।