काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ । युरो एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८६ पैसा रहेको छ । साथै, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।