मंसिर ०७, २०८१, शुक्रबार
               

विश्व बैंकले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गर्‍यो

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

विश्व बैंक समूहले कोभिड–१९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ ।

विश्व बैंकले क'ल १ खर्ब ६० अर्ब अमेरिकी डलर -१!९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी_ रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा कुल जनसंख्याको करीव ७० प्रतिशत विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन् । अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा यो रकम मुलुकह¿ले प्राप्त गर्ने भएका छन् ।

संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो र छिटो आएको सहायता हो । मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ ।

सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र क्रमशः तोकिएका मुलुकहरुले प्राप्त गर्ने भएका छन् । यो सहायताले मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि