काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिददर १३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
साथै, राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५० रुपैयाँ ०८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको जनाएको छ ।