काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।
युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।