काठमाडौं । शेयर बजार खुलेको केही समयमा पहिलो पटक सकारात्मक सर्किट लागेको नप्से परिसुचक दोस्रो पटक पनि खुल्नासाथ सकरात्मक सर्किट लागेको छ ।
नेप्से परिसुचक दोस्रो पटक ५ प्रतिशतले बढेको हो । सकरात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।
११ बजेर २१ मिनेटमा दोस्रो पटक सकारात्मक सर्किट लागेको हो ।
सोमबार १५३९.३७ विन्दुबाट कारोबार सुरु भएको नेप्से दास्रो पटक सकारात्मक सर्किट ब्रेक हुदाँ १५५३.०६ को विन्दुमा पुगेको कारोबार रोकिएको छ ।
यस अवधीमा ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार अहिलेसम्म २ लाख २३ हजार शेयरको ८ सय ६४ पटक कारोबार भएको छ । हालसम्ममा १२२ कम्पनीको कारोबार भइुसकेको छ ।