मंसिर ०७, २०८१, शुक्रबार
               

भोजपुरका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

भोजपुर । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो । 

विद्युत प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६–७७ मा ८२५ जनालाई निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए । प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्षबाट जिल्लामा विपन्न परिवारका लागि निःशुल्क मिटर वितरण कार्यक्रम सुरु भएको हो ।

स्थानीय तहको सिफारिसको आधारमा विद्युत विस्तार भइरहेका गाउँपालिका तथा नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।  निःशुल्क विद्युत मिटर पाएपछि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार खुशी भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि