काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
शुक्रबार बैंकको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीइओको रुपमा नियुक्त गरेको हो ।
उनको आगामी कार्यकाल ४ वर्षको हुनेछ ।
बज्राचार्यलाई आगामी १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।