सिन्धुपाल्चोक । जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार रुपैयाँ सहयोग गरिएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।