काठमाडौं । साइपाल गाउँपालिका वडा नम्बर-३ र ४ जोड्ने रामोखोला झोलङ्गे पुलको उपभोक्ता समितिमा विवाद हुँदा श्रमिकले एक वर्ष बितिसक्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।
गत वर्ष निर्माण शुरु भएको पुलको खोदानको काम सकिएको भए तापति मजदूरले ज्याला नपाएको बताएका छन् ।
स्थानीयवासी हरजित बोहराले भने, हामीले काम गरेको एक वर्ष भइसक्यो, दैनिक एक घण्टामा एक सयका दरले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मरीमेटी काम गप्यौँ, समितिलाई ज्याला माग्दा आनाकानीकानी गरेका छन् ।
उपभोक्ता समितिका अध्यक्ष प्रेम बोहराले पहिलेको उपभोक्ता समितिमा विवाद आएको र त्यसले नयाँ समितिलाई हिसाबकिताब नबुझाएकाले कामदारलाई नदिएको बताए ।
पुरानो उपभोक्ता समितिका अध्यक्ष धनवीर बोहराले भने आफूले काम गराएको र सम्पूर्ण हिसाबकिताब नयाँ समितिलाई हस्तान्तरण गरिसकेकाले आफ्नो कुनै जिम्मेवारी नरहेकोे बताए ।