मंसिर ०७, २०८१, शुक्रबार
               

सेप्टेम्बरसम्म ६८ मिलियनको रोजगारीमा धक्का पुग्ने एडीबीको प्रक्षेपण

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले  कोरोनाका कारण एसियाबाट ६८ मिलियन कामदारको रोजगारीमा धक्का पुग्ने बताएको छ । 

एसियाली विकास बैंकका अनुसार कोरोनाका कारण मलेसिया र खाडी मुलुकको अर्थतन्त्र सम्हालिनै नसक्ने अवस्थामा पुग्न थालेको छ । मलेसियाको अर्थतन्त्र अहिले जर्जर अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

त्यहाँको अर्थतन्त्र सम्हालिनै नसक्ने गरी खस्किएकोे त्यहाको केन्द्रीय बैङ्कले समेत  उल्लेख छ । मलेसिया दक्षिणपूर्वी एसियाको तेस्रो ठूलो मुलुक हो  । मलेसया करिब पाँच लाख नेपाली कामदार रहेका छन् ।
विश्वकै ठूलो कच्चा तेल निर्यात गर्ने देश साउदी अरेबियामा पनि तेलको बिक्री कम हुँदा अर्थतन्त्रमा धक्का पुगेको छ । साउदीले प्रत्येक दिन ९.८ मिलियन ब्यारेल तेल उत्पादन गर्छ ।

त्यसैगरी, अन्तर्राष्टिय मुद्रा कोषले पनि खाडीको समग्र अर्थतन्त्रमा ६.६ प्रतिशतको संकुचन आउने पूर्वानुमान गरेको छ । यतिखेर कतार संयुक्त अरब इमिरेट्स पनि आर्थिक सङ्कटमा फसेका छन् । 

मलेसियालगायत खाडी मुलुकको अर्थतन्त्रको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । बेरोजगार बढ्दै जाँदा त्यसको निसानामा नेपाली पनि पर्छन् ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान २५ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा छ ।


कस्तो लाग्यो ?

यो पनि