काठमाडौं । काठमाडौंको एक मासु पसलमा बिक्रीका लागि राखिएको २२ बोरा मासु बरामद गरी नष्ट गरिएको छ ।
भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको हो । वाणिज्य विभागले गुणस्तरहीन मासु बिक्री गरेको आरोपमा मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गरिएको वाणिज्य विभागले जनाएको छ ।