मंसिर ०७, २०८१, शुक्रबार
               

सरकारले एडीबीबाट २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने बताएका छन् । 

उनका अनुसार अन्तरदेशिय विद्युत् प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले उक्त जानकारी दिएका हुन् । यसका अलवा सरकारले नर्वे सरकारबाट पनि चार अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले दुई खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । वैदेशिक अनुदान भने ६० अर्ब ५२ करोड प्राप्त हुने प्रक्षेपण छ ।


कस्तो लाग्यो ?

यो पनि