मंसिर ०७, २०८१, शुक्रबार
               

तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । खेतीयोग्य जग्गामा कित्ताकाट गर्न सकिने निर्णय सरकारले गरेको हो ।

खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न प्रतिबन्ध लगाइएका निर्णयहरुलाई बदर गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत लक्षमण बहादुर कठायतले जानकारी दिए ।  

गत बिहीबारको मन्त्रिपरिषद बैठकले यसअघिका सबै निर्णयहरु बदर गर्दै खेतीयोग्य जग्गामा कित्ताकाटको स्वीकृति दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका कार्यालयलाई कित्ताकाट खुला भएको जानकारी दिएको हो ।  ही शुक्रबार मन्त्रालयका शाखा अधिकृत कठायतले भूमि व्यवस्थापन विभाग र नापी विभागलाई ‘कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धमा’ पत्र पठाएको थियो।  

'भू-उपयोग नियमावली जारी भई भू-उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने छ'. मन्त्रालयले पत्रमा भनेको छ, 'भू-उपयोग ऐन र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन विभागमार्फत मातहतका सबै कार्यालयहरुलाई निर्देशन दिने ।'

सरकारले यसअघि २०७४ साउन २६ देखि कृषियोग्य जमिन कित्ताकाट रोकेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री गोपाल दहितको पालामा भएको निर्णयलाई मन्त्रिपरिषद् बैठकले रद्द गरिदिएपछि कित्ताकाट खुलेको हो । सरकारले २०७५ पुस निर्णयसमेत बदर गर्ने निर्णयसहित खेतीयोग्य जमिन कित्ताकाट गर्ने बाटो खोलेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि