काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् ।
कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको २१ करोड ३८ लाख ८४ हजार ४५८ बराबरको कारोवार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी १४ करोड ९० लाख ३६ हजार ९२९, रिलायन्स लाइफ इन्स्योरेन्स १२ करोड ९८ लाख ५५ हजार ८६५, छिमेक लघुवित्त सात करोड १९ लाख १५ हजार ९७६ र शिखर इन्स्योरेन्स कम्पनी छ करोड ५३ लाख ५५ हजार ५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधमार युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४.८१, सिन्धु विकास बैंक ३.७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९.८०, घलेम्दी हाइड्रो ९.५२, माउण्टेन हाइड्रो ७.८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले गुमाए ।