काठमाडौं । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा छ ।
त्यस्तै युरोपिएन एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ भने पाउण्डमा एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साथै एशियामा मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहनुका साथै खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तथा युएईको दिराम एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।