काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेकाे छ । कुल लाभांश भने यथावत रहने गरी नगद तथा बाेनस शेयरकाे संरचना मात्र परिवर्तन गरिएकाे बैंकले जनाएकाे छ ।
बैंककाे कार्तिक २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
यसअघि बैंककाे कार्तिक ५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पुँजीकाे १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियाे ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात् वितरण गरिनेछ ।