काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अमेरिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ रहेको छ भने बिक्री दर ११८.२० रुपैयाँ रहेको छ ।
उता युरोपियन यूरोको खरिद दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १५७.०५ रुपैयाँ तथा बिक्री दर १५७.८५ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलरको खरिद दर ८६.४४ रुपैयाँ र बिक्री दर ८६.८८ रुपैयाँ रहेको छ ।
यसैगरी खाडी मुलुक कतारी रियाल एकको खरिद दर ३१.७८ रुपैयाँ र बिक्री दर ३१।९५ रुपैयाँ छ भने युएईको एकको खरिद दर ३२.०२ बिक्री दर ३२.१८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यता मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ र बिक्री दर २८.९८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।