काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ ।
साथै, यूरोपियन यूरो एकको खरिद दर १४२.६२ रुपैयाँ तथा बिक्रीदर १४३.३५ रुपैयाँ रहेको छ । उता बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५.४२ रुपैयाँ रहनुका साथै बिक्री दर १५६.२२ रुपैयाँ रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको सूचनामा उल्लेख छ । त्यस्तै, खाडी मुलुक साउदी अरबको रियाल एकको खरिद दर ३१.३४ रुपैयाँ रहनुका साथै बिक्रीदर ३१.५० रुपैयाँ रहेको छ ।
यता युएई दिराम एकको खरिद दर ३२.०० रुपैयाँ रहेको छ भने बिक्रीदर ३२.१७ रुपैयाँ रहेको छ । कतारी रियाल एकको खरिददर ३२.२८ रुपैयाँ रहनुका साथै बिक्रीदर ३२.४४ रुपैयाँ रहेको छ ।