काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा भोलि (मंगलवार) हुने भएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस कम्पनीको सभा केन्द्रीय कार्यालय कालिमाटी,काठमाडौंमा बिहान ११ बजे गर्ने बताएको छ । गत मंसिर १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।