काठमाडौं । आज (सोमवार) कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक १९.६८ अंकले घटेर १९१५.९५ विन्दुमा पुगेको छ ।
कारोबारको पहिलो घण्टामा ९.१९ अंकले बढेर १९४४.८२ विन्दुसम्म पुगेको परिसूचक दोस्रो घण्टामा १.०२ प्रतिशतले घटेको हो ।
दोस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको ३ अर्ब ९० करोड ५३ लाख बराबरको शेयरको खरीदबिक्री भएको छ ।