काठमाडौं । आज (मंगलवार) शेयर बजार (नेप्से) कारोबार भएको पहिलो घण्टामा परिसूचक ५७.३८ अंकले बढेको छ ।
आज १९८७.४८ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.९२ प्रतिशतले बढेर २०२३.३४ विन्दुमा पुगेको छ ।
यस्तै, पहिलो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको १ अर्ब ८८ करोड ४४ लाख बराबरको ३४ लाख १७ हजार ५५० कित्ता शेयरको खरीदबिक्री भएको छ, भने कारोबार १५ हजार ४६५ पटकको व्यापारमा भएको छ।