काठमाडौं । आज (बिहीवार) नेप्से परिसूचक २८३.६३ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा २९.८३ अंक घटेको हो ।
आज २०४ ओटा कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको शेयर खरीदबिक्री भएको हो ।
आज कारोबार गरेका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक ०.८७ प्रतिशत र होटल समूहको परिसूचक ४.९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३.०६ प्रतिशत घटेको छ ।