काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । यस कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा हुनेछ ।
उक्त सभाले १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश गरी २३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको साधारणसभा प्रयोजनका लागि शेयरधनी बुक्क क्लोज १५ गते रहनेछ । पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।