काठमाडौं । कोरोना संक्रमित भई बीमा दावी गरेका बीमित १७ हजार ३९४ जना संक्रमितले लगभग पौने दुई अर्ब रुपैयाँ दावी भुक्तानी लिएका छन् ।
सो रकम २० वटा बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त रकम बीमितहरुले पाएका हुन् ।
बीमा समितिका अनुसार उल्लेखित संक्रमितहरुले हिजो (मंगलबार) सम्म कूल एक अर्ब ६९ करोड ४९ लाख रुपैयाँ दावी भुक्तानी बुझिसकेका छन् ।
बीमा समितिका अनुसार स्वास्थ्ये सेवा विभागमा चार हजार ३३० वटा फाईल पेण्डिङ्मा रहेका छन् भने दोहोरो दावी भुक्तानीको लागि माग गर्ने ९० जनाको फाईल भुक्तानी नदिने निर्णय कम्पनीले गरेको छ ।
यस कम्पनीको नियम अनुसार एउटा कम्पनीबाट दावी भुक्तानी माग गरेपछि फेरी अर्को कम्पनीबाट दावी भुक्तानी माग गर्न पाइने छैन । दोहोरो दावी भुक्तानी रोक्नका लागि कोरोना पिसि आर रिपोर्टलाई प्रमाणित व्यवस्था स्वास्थ्य सघंले गरेको जनाएको छ ।