काठमाडौं । आज (बुधवार) नेप्से परिसूचक ४९.१७ अंक बढेको छ । बुधबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८.८६ अंक बढेर ३९१.३० विन्दुमा पुगेको छ ।
२०८ वटा कम्पनीको ३९ हजार ९३५ पटकको व्यापारमा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार बराबरको ९९ लाख १० हजार ३ कित्ता सेयर कारोबार भएको छ ।
नेप्से परिसूचकसँगै आज मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । २२३.६० विन्दुदेखि कारोबार खुला भएको बजार निरन्तर बढेर परिसूचक २६२.०६ विन्दुमा बन्द भएको छ ।