काठमाडौं ।आइतबार शेयर कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढेर २३०४.२० बिन्दुमा पुगेको छ । यस अवधिमा ०.९२ प्रतिशतले बढेर बजारमा २०५ ओटा कम्पनीको ४ अर्ब ४७ करोड ४६ लाख ३९ हजारबराबरको शेयर खरिदविक्री भएको छ ।
यस अवधिमा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, जलविद्युत र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।