काठमाडौं । कारोबार भएको तेस्रो घण्टाको नेप्से परिसूचक ३१.१६ अंकले बढेर २३७३.९२ बिन्दुमा पुगेको छ । आज (बिहिबार) सो अवधिमा २०६ कम्पनीको ५ अर्ब २६ करोड ५८ लाखभन्दा बढीको शेयर खरिदविक्री हुँदा नेप्से सो बिन्दुमाा पुगेको हो ।
उक्त अवधिसम्ममा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ,भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।