काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको हकप्रद शेयर आज (आइतवार) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
यस कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।