काठमाडौं । ग्लोबल आइएमई बैंकले थप तीनवटा शाखा विस्तार गरेको छ ।
बैंकले सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का, दाङको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
तीनवटा नयाँ शाखा सञ्चालन गरेसँगै बैंकका नेपालभर कुल शाखा २ सय ६७ पुगेको छ ।