काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको तुलनामा ९.८१ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।
यस कम्पनीले गत वर्ष १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद बीमा शुल्क ७३.२९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष भने ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बीमा शुल्कबाट आर्जन गरेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
रिजर्भ कोषमा ७३.२९ प्रतिशतले बढेर ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ ।