काठमाडौं । स्वाभिमान लघुवित्त चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा १४८.९९ प्रतिशतले बढेर दुई करोड ८० लाख ५४ हजार पुगेको छ । गत वर्ष यही अवधिमा सस्थांले एक करोड १२ लाख ६७ हजार नाफा कमाएको थियो ।
यस वर्ष खुद ब्याज आम्दानी ४४.८९ प्रतिशतले बढेर चार करोड ४१ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले तीन करोड चार लाख ४४ हजार खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा १४२.२२ प्रतिशतले बढेर तीन करोड ४६ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले एक करोड ४३ लाख १५ हजार रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो । गत वर्ष २८ लाख ३८ हजार रहेको राइट ब्याक रकम यो वर्ष ९८ लाख ५६ हजार पुगेको छ ।
यस संस्थाको खराब कर्जा ०.६४ प्रतिशतले घटेर ०.८५ प्रतिशतमा झरेको छ । गत वर्ष खराब कर्जा १.४९ प्रतिशत थियो । दोस्रो त्रैमाससम्म सस्थांको प्रतिसेयर आम्दानी ७३ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९५ पैसा छ ।
हाल यस संस्थाको चुक्ता पुँजी सात करोड ६७ लाख सात हजार र जगेडा कोषमा ६ करोड ८६ लाख ७१ हजार छ ।