काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.३७ अंकले बढेर २,६४८.०५ विन्दुमा पुगेको छ ।
०.४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ, ५१ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ६०० मा कारोबार भइरहेको छ ।
कारोबारको आधारमा दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४६२ मा ५० करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।