मंसिर ०७, २०८१, शुक्रबार
               

‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । 

रिचार्ज काठमाडौं कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिन मुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् ।

यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन् । 

त्यस्तै बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि– २०७७’ र ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्नेसम्बन्धी मापदण्ड’ तयार गर्न सहमति दिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

यी कार्यविधि र मापदण्ड विधायन समितिमा छलफल भएपछि कार्यपालिका हुँदै स्वीकृतिका लागि नगरसभामा पेश हुनेछन् । चालु आर्थिक वर्षमा व्यावसायिक कार्ययोजना तयारीसम्बन्धी कार्यक्रमका लागि १० लाख रुपैयाँ र रिचार्ज काठमाडौं कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चाँगुनारायण नगरपालिकासँग नगर साझेदारी कार्यक्रम सञ्चालन गर्ने र डडेल्धुरा जिल्लाको अमरगढी नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले रिक्त कानूनी सल्लाहकारको पदमा सविना शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि सल्लाहकारका रुपमा रहेका रामप्रसाद सिटौला निर्वाचन आयुक्तमा नियुक्त भएपछि सो पद रिक्त रहेको थियो ।

यो पनि