काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको पहिलो घन्टामा १०.०३ अंकले बढेको छ ।कारोबार सुरु भएको एक घण्टामा परिसूचक १० अंकले बढेर २६५५.८७ को बिन्दुमा पुगेको छ ।
त्यसैगरी, सोही अविधमा २०३ कम्पनीको १६ लाख ७९ हजार ९१९ कित्ता शेयर १२ हजार ६७३ पटक किनबेच भएको छ भने कारोबार रकम भने एक अर्ब ११ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।