काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको बजेट बढाएको छ ।
आर्थिक वर्ष २०७८/७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्यतर्फ स्वास्थ्यमा एक खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको जनाएका हुन् ।
त्यसैगरी सातै प्रदेशमा सरुवा रोग अस्पताल खोल्ने पनि बजेटमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकामा तीन सय सय्याको सरुवा रोग अस्पताल स्थापना गरिने जनाइएको छ ।
त्यसैगरी रोगी नेपाल अभियानलाई प्रभावकारी बनाइने, सबै प्रदेशमा आयुर्वेद अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।
बजेटले पुनर्कर्जा सुविधालाई निरन्तरता दिने जनाएको छ । तर यसको क्षेत्र र रकमको सीमा विस्तार गरिने बजेटमा उल्लेख छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बिनियोजन गरिएको छ । बजेटले थप एक लाखलाई रोगजारमूलक तालीम दिने योजना समावेश गरेको छ ।
ज्येष्ठ नागरिकको भत्ता बृद्धि गरिएको छ । अब बृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याइएको छ ।