सरकारले आगामी १० वर्षभित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ।
आव २०७८/०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने रणनीतिक लक्ष्य राखिएको बताए । साथै आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत कोरोना प्रभावित उद्योग व्यवसायीहरूलाई व्यावसायिक पुनरुत्थानको लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
साथै आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विद्युतीय कार उत्पादकलाई नेपालमा नै गाडी उत्पादन गर्न प्रोत्साहित गर्ने यस्तो घोषणा गरेकाे छ । विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्ने योजनासहित सवारी साधनको पाट्सहरु उत्पादन गर्न चाहने उद्योगको लागि कर सहुलियत र निःशुल्क जमिनको व्यवस्था समेत गर्ने घोषणा गरिएको छ ।