अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।
यसमा इच्छुक व्यक्ति,कम्पनी तथा संघ संस्थाले बोलपत्र असार १६ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी,कुमारीपाटी–ललितपुर,इटहरीबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
पोखरा–नागढुंगा,नारायणगढ,सुर्खेत,नेपालगन्ज,धनगढी,जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथलीबाट पनि बोलपत्र आवेदन दिन सकिनेछ ।