मंसिर ०७, २०८१, शुक्रबार
               

पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई १०/१० लाख दिने

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकाले सिन्धुपाल्चोकका बाढी र पहिरोबाट प्रभावित दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताएकी हुन् ।

उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय तहलाई १०/१० लाख रुपैयाँका दरले सहयोग गर्ने बताइन्  । ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भनिन् ।

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा कोरोना नियन्त्रण तथा क्रमागत योजनालाई महत्त्व दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि