मंसिर ०७, २०८१, शुक्रबार
               

निर्वतमानमन्त्री आलेद्वारा बिरामीलाई आर्थिक सहयोग

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

डोटी । निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौंका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि २० हजार रुपैयाँ, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई २५ हजार रुपैयाँ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई १० हजार रुपैयाँ उनले सहयोग गरेका छन् ।

अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थाभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुगेर सहयोग गरेको उनका स्वकीयसचिव हेमन्त रेग्मीले बताए ।

यो पनि