मंसिर ०७, २०८१, शुक्रबार
               

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरिएको छ । 

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर एक हजार ४२५ रुपैयाँमा कारोबार हुँदै आएको ग्यास अब एक हजार ४५० रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले वृद्धि भई ८६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ । 

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ ।

निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा १९ करोड ६ लाख रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ बराबरको घाटा रहेको छ । 

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूची अनुसार पछिल्लो १५ दिनमा एक अर्ब १५ करोड २२ लाख रुपैयाँ बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि