मंसिर ०७, २०८१, शुक्रबार
               

सेयर बजार दोहोरो अंकले  घट्यो

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६६२ दशमलव ५८ विन्दुमा रोकिएको हो छ । आज नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । कम्पनीको १८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज फाइनान्स, जीवन बिमा र म्युचल फन्डको समूहको सूचक शून्य प्रतिशतभन्दा थोरैले मात्रै उकालो लागेको छ भने बाँकी सबै समूह शून्यदेखि एक प्रतिशतको हाराहारीले ओरालो लागेर राताम्मे भएका छन् । 

नेप्सेका अनुसार आज चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी छन् ।


कस्तो लाग्यो ?

यो पनि