धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बीमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बीमा १०५.२५ र लगानी ०.३७ अङ्कले घटेको छ ।
कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो । यस्तै माछापुच्छ्रे बैंक ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.२६, आइसिएफसी फाइनान्स ४.२१, सनराइज ब्ल्यू चिफ फण्ड ३.८१ र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाए ।
यसैगरी, जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रीन डेभलपमेन्ट बैंक ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए ।