महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसअनुसार अब कम्पनीले चार करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिनेछ भने २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअघि लघुवित्तले चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।