मंसिर ०६, २०८१, बिहीबार
               

साढे २८ अङ्कले घट्दै राताम्मे शेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

काठमाडौं । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे बनेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा ओर्लिएको छ । 

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।

बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको आठ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि