एजेन्सी । स्टिवन स्पिलबर्ग, हलिउडका चर्चित निर्देशक हुन् ।
उनी स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्।
उनकी २३ वर्षीया छोरी छिन्, मिकेला । मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलासा गरेकी छिन् ।
द सन म्यागाजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ कि त्यसले अरुलाई सन्तुष्टि दिन सकोस् । तर मलाई नराम्रो महसुस नहोस् ।’
आफ्ना अभिभावकको आर्थिक भार कम गर्न आफूले पोर्न फिल्म खेल्ने निर्णय गरेको उनले बताइन् ।
आफ्नो यस निर्णयमा अभिभावक र हुनेवाला श्रीमानले पनि समर्थन गरेको उनले खुलासा गरेकी छन्। र उनले पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।
मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्टिवनसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ।