मंसिर ०७, २०८१, शुक्रबार
               

क्राइम पेट्रोलकी अभिनेत्रीले गरिन् आत्महत्या, यस्तो थियो अन्तिम स्ट्याटस

एजेन्सी
जेठ १३, २०७७

ADVERTISEMENT

भारतीय टीभी कार्यक्रम क्राइम पेट्रोलकी एक कलाकारले आत्महत्या गरेकी छिन् । उनले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले सोनी तथा कलर्स टीभी च्यानलका केही कार्यक्रममा काम गरिसकेकी थिइन् ।

आत्महत्या गर्नुअघि उनको अन्तिम ह्वाट्सएप स्ट्याटस थियो, 'सबैभन्दा खराब हुन्छ सपनाको मृत्यु ।'

भारत, इन्दौरको बजरंग नगरमा रातिको समयमा टीभी अभिनेत्री प्रेक्षा मेहताले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

यसअघि उनी मुम्बईमा बसेर टीभी सिरियलमा काम गर्दै आएकी थिइन् । क्राइम पेट्रोलको केही एपिसोडमा उनले अभिनय गरेकी छिन् ।

उनका पिताका अनुसार, 'लकडाउन लागू भएपछि उनी घर आएकी थिइन् ।'

मुम्बईमा कोरोनाको संकटका बीच लकडाउन बढ्दै गयो । लामो समय सम्म काम नपाइने कुरा उनले सोच्न थालिन् । जसका कारण उनी डिप्रेसनमा आएर आत्महत्या गरेको हुनसक्ने त्यहाँको प्रहरीले अनुमान गरेको छ ।

इन्दौर प्रहरीले घटनाको बारेमो अनुसन्धान सुरु गरेको बताएको छ । 

थिएटरमा प्रेक्षाको सुरुवात अभिजीत वाडकर, सन्तोष रेगे तथा नगेन्द्र सिंह राठौरको नाट्य ग्रुप 'ड्रामा फ्याक्ट्री'बाट भएको थियो ।

मन्टोले लेखेको नाटक खोल दो उनको पहिलो प्ले थियो । जसबाट उनले निकै चर्चा बटुल्न सफल भएकी थिइन् ।

त्यसपछि उनले खूबसूरत बहू, बुंदें, राक्षस, प्रतिबिम्ब, पार्टनर्स, हां, थ्रिल, अधूरी औरत जस्ता नाटकमा काम गरिन् ।

उनले तीन राष्ट्रिय नाट्य उत्सवमा पहिलो प्राइज समते जितेकी थिइन् । एकल नाट्य 'सडक के किनारे'मा उनले गरेको अभिनयका कारण प्रेक्षाले अवार्ड जितेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि