बलिउड अभिनेत्रीको रुपमा आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल जायरा वसिमले हालै कुरानसँग सम्बन्धित एउटा ट्विट गरेकी थिइन् र यसलाई अल्लाहको कहर बताएकी थिइन् ।
त्यसपछि ट्रोल भएपछि उनले आफ्नो इन्स्टाग्राम र ट्विटर अकाउन्ट डिएक्टिभेट गरेकी थिइन् ।
यद्यपि, एकदिन पछि नै जायराले सोसल मिडिया जोइन गरिन् र आफ्नो अकाउन्ट एक्टिभेट गरेकी छिन् ।
सामाजिक सञ्जालमा फिर्ता हुँदै आफ्नो अकाउन्ट डिएक्टिभेट गर्ने कारण उनले बताएकी छिन् । उनले एक प्रयोगकर्ताको जवाफ दिँदै भनेकी छिन्, ‘किनभने अन्य व्यक्ति झैं म पनि मानिस नै हुँ । जब मेरो दिमाग वा म वरिपरिको हल्ला चर्को हुन्छ तब मलाई अन्य व्यक्तिलाई झैं केही कुराबाट ब्रेक लिने अनुमती छ ।’
Because I’m just a human, like everyone else, who’s allowed to take a break from everything whenever the noise inside my head or around me reaches it’s peak :) pic.twitter.com/BMar06jIXl
— Zaira Wasim (@ZairaWasimmm) May 30, 2020
यी प्रयोगकर्ताले जायरालाई अकाउन्ट किन डिएक्टिभेट गरेको भनेर प्रश्न सोधेका थिए । उनी सोसल मिडियामा फिर्ता भएपछि कतिले उनको स्वागत गरिरहेका छन् भने कतिले आलोचना गरिरहेका छन् ।
बलिउडबाट बिदा लिइसकेकी जायरा सोसल मिडियामा सक्रिय छिन् र उनी धेरैजसो धर्मसँग सम्बन्धित कुराहरु सेयर गरिरहन्छन् ।
जायरा ‘द स्काई इज पिंक’ मा अन्तिम पटक देखिएकी थिइन् र उनले बलिउड छोडेको घोषणा सामाजिक सञ्जालमार्फत् दिएकी थिइन् ।