बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको बताएकी छिन् ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफूलाई यस्ताे धम्की आाएकाे बताएकी हुन् ।
ट्विटरमा सेयर भिडियोमा कंगनाले भनेकी छन्, ‘पछिल्ला १०/१२ दिनदेखि म संवेगात्मक र मानसिक तनाव झेलिरहेकी छु । मलाई बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन् ।’
सन्देशमा उनले किसान आन्दोलनको कुरा पनि गरेकी छन् । यसबारे आफूलाई प्रश्न गर्ने अधिकार रहेको उल्लेख गरेकी छन् ।
कंगनाको भिडियो सन्देश:
Here’s the video I promised, watch when you can 🙏 pic.twitter.com/0YZxfQfwB2
— Kangana Ranaut (@KanganaTeam) December 19, 2020